भानु पौड्याल
विश्वको ईतिहासमा धेरै देश र घटनाहरु छन् जहां बिदेशी शक्तिहरुको इशारामा सेनाले नवस्थापित लोकतन्त्रको घांटी निमोठेको छ। साधारणतया यस्ता सैनिक राज्य बिप्लवहरु राज्यको बर्ग संरचना र बर्ग सत्ता परिवर्तन वा परिवर्तनको संभावनासंग सम्बन्धित हुने गरेका छन। तसर्थ समाजिक न्याय र समानताका पक्ष्यधरहरुले बैज्ञ्यानिक समाजवाद र साम्यबादको प्रतिपादनसंगै यसको कार्यन्वयन को सन्दर्भमा बिभिन्न समयमा भएका सफ़लता र असफ़लताको मुल्यांकन गरेर निचोड निकाले "पुरानो सत्ताको यन्त्रलाई यथावत राखेर नया सत्ताको स्थापना सम्भव छैन"। नेपालमा हाल नवस्थापित लोकतन्त्रिक सरकार र पुरानो सत्ताको सेना, प्रहरी, अदालत र कर्मचारीतन्त्र बिचको असजिलो साथै अप्रकृतिक सम्बन्ध र यस संबन्धलाई अझ तिक्त बनाउने एमाले, काँग्रेस, अन्य प्रतिकृयाबादी पार्टीहरु तथा कुटनैतिक नियोगहरुको प्रयासहरुलाई सैन्य बिप्लवका अन्तररास्ट्रिय श्रृंख़लाहरुको पुनराबृतिको प्रयासको रूपमा हेरिनु र सोहि अनुरूपको तयारी गरिनु पर्दछ।
हालै नेपालका रक्षा मंत्री राम बहदुर थापा 'बादल' ले सेनाका उच्च पदाधिकारीहरुको बिदेशी नियोगहरुसंग उठबस बढेको तथा सेनाले प्रतिकृयाबादी शक्तीहरु र कुटनैतिक नियोगहरुको इशारामा जननिर्वचित सरकारका निर्देशनहरुको उल्लङ्घन गर्दै रहेको कुरा रक्षा मंत्रीकै हैसियतले संविधानसभाको राष्ट्रहितसम्बन्धी समितिसमक्ष प्रष्ट पार्नु भयो। रक्षा मन्त्रीको यो भनाईले स्थिती भयावह हुंदै गएको तर्फ़ संकेत गर्दछ। प्रधान मंत्री पुष्पकमल दाहाल 'प्रचण्ड' को सरकारका उच्च पदाधिकरीलाई हालै दिएको निर्देशनमा प्रयोग भएको भाषामा पनि अनुरोध र धम्कीको मिश्रण देखिन्छ। यी दुईटै प्रशङ्गहरुलाई जोडेर हेर्ने हो भने नेपाली जनताका शत्रुहरु सबै दिशाबाट जनयुद्ध र जनआन्दोलनहरुका उपलब्धीहरुलाई धरासायी बनाउन एकिकृत नेपाल कम्युनिष्ट पार्टी (माओबादी) बिरुद्ध घेराबन्दी सांघुर्यौदै छन भन्ने बुझ्न कुनै कठिन पर्दैन।
प्रगतिशील राजनैतिक परिवर्तनहरुको अकाल मृत्यु हुन्छ कि दीर्ग जीवन हुन्छ भन्ने कुराको निर्क्योल प्रगतिशील शक्तिहरु समग्र समाजका समग्र घटनाक्रमहरुलाई द्वन्दात्मक भौतिकबादी ढंगले बुझ्न र इतिहास संग दाजेर हेर्न, ठोस स्थितिको ठोस बिस्लेशण गर्न र सामाजीक अन्तरबिरोधहरुलाई बुझ्न र आफ़्ना पक्षमा उपयोग गर्न कतिको सफ़ल हुन्छन भन्ने कुरामा मात्र निर्भर गर्दैन, उ संग पुरानो सत्तालाई बलपूर्वक प्रतिस्थापन गर्ने साधन र क्षमता छ कि छैन भन्ने कुरामा पनि निर्भर गर्दछ।
ऐतिहासीक घटनक्रमहरुलाई संक्षेपिकरण गरेर हेर्ने हो भने, बोल्सेविक क्रान्तिपछी प्रतिकृयाबादीहरुले सुरु गरेको गृह्य युद्धमाथी सोवियत सत्ताको बिजय पुरानो सत्ताका संयन्त्रहरुको समूल संहार र प्रतिस्थापन र जनताको सशस्त्रिकरण बिना संभव थिएन। १९१८ को सोबियत सम्बिधानले श्रमजिवी वर्गको हतियार उठाउने अधिकारको सुनिस्चितितता गर्नु नै प्रतिक्रान्तिकारी गृह्य युद्ध देखी नाजी आक्रमणमाथी सोवियत बिजय सम्मको मूल कारण थियो। अन्तरबिरोधहरुको सहि ठम्याई र उपयोग अनि जनताको भौतिक र बैचारिक सशस्त्रिकरण क्युवाली क्रान्तिको दीर्घ जीवन को कारण हो। त्यसै गरी जनताको सशक्तिकरण र प्रतिक्रियबादीहरु र सेनाभित्रको अन्तर्बिरोधको सहि उपयोग ह्युगो चावेज़को रक्षाकवच हो। अर्को तर्फ़ जनताको शक्ती भन्दा प्रतिकृयाबादी सेना र सोवियत समर्थनलाई बढी बिस्वास गर्ने साल्वाडोर एलेन्डे लगायतकाहरुको पतनले पनि अब नेपली प्रगतिशील शक्तीहरुले क्रान्तीको सफ़लता र त्यसको दीर्घ जीवनकोलागी के गर्नु पर्दछ भन्ने निर्क्योल गर्ने मद्दत पुर्याउंछ ।
नेपाली समकालिन राजनैतिक घटनाहरु को सम्बन्धमा, १२ बूंदे दिल्ली सम्झौता पछिका शान्तिपूर्ण आन्दोलनका दिनहरुमा नेपाल कम्युन्ष्ट पार्टी (माओबादी) कतिपय दूरगामी असरपार्ने उपलब्धीहरु जनताका पोल्टामा पार्न सफ़ल भएको छ। धेरै जसो यस्ता उपल्ब्धीहरु हात पर्नुमा नेत्रित्वको भन्दा योङ्ग कम्युनिष्ट लिग लगायतका बिभिन्न जनबर्गिय संगठनहरुमा संगठित कार्यकर्ताहरुको बढि भूमिका रहेको देखिएको छ। तर यी उपलब्धीहरु पनि जन सरकार, जन अदालत र जन सेना र जनता बीचको जिवन्त सम्बन्ध लगायतका जनयुद्धका उपलब्धीहरुको मुल्यमा प्रप्त हुनु र त्यै पनि संस्थागत हुने कुरामा अनिस्चितता देखिनुले संसारभरी छरिएर रहेका न्यायपृय नेपालीहरु र हाम्रा शुभचिन्तक एबं भाईचारा ब्यक्ती तथा सङ्गठनहरूलाई ब्याकुल बनाएको छ।
उपरोक्त उपलब्धीहरु मध्ये सरकार साझेदारी भने उपलब्धी भन्दा प्रतिकृयाबादीहरुले दुई कदम अगाडी जानकोलागी एक कदम पछि हट्ने शिद्दान्त अनुसार पासोमा हालेको चारो प्रतित हुन्छ। जनताका संपूर्ण प्रतिपक्षीहरु अपराधिहरुले गरेका अपराध देखी सडकमा फ़ालिएको फ़ोहोर र बाटामा भएका दुर्घटना सम्ममा सरकार र माओबादी पर्टीलाई दोश दिदै छन। श्रिमान-श्रिमतीको झगडामा समेत परोक्ष रूपले उचालेर बन्द र चक्का जामको स्थिती श्रृजना गर्दै छन। सरकारले गर्नलागेका राम्रा र जनमुखी कामहरुमा अबरोध गर्ने सरकार भित्र र बाहिरका यथास्थिती र प्रतिगमनका पुजारीहरु प्रत्यक्ष र परोक्ष्य सहकार्य गरि रहेका छन। जसको परिणाम स्वरूप सरकारमा बसेका साझेदारहरुले बिपक्षिको भूमिका निर्बाह गर्ने, पशुपतीमा पुजारी नियुक्ती लगायतका सुधारात्मक कामहरुको सकारात्मक पक्षको अबमूल्यांकन गर्दै जनाताहरुको बीचमा धार्मिक बहिमनष्यता बढाउने, राज्यका यन्त्रहरुलाई आफ़्नो नियन्त्रणमा लिएर सरकारका बिरुद्ध उपयोग गर्ने, सेनालाई राजनितिमा ल्याउने, बिदेशीहरुको इशारा र स्वर्थमा राष्ट्र बिखन्डनमा लागेका सशस्त्र समूहहरुलाई प्रश्रय दिने राष्ट्रघाती र जानघाती कपिउचित ब्यबहार प्रदर्शन भई रहेको छ। सरकारका साझेदार दलहरु सेना समायोजन सम्बन्धी सम्झौताको उल्लघन गर्न र जनसेना बिरुद्ध विष वमन गर्न तल्लीन छन। नेपाली श्रमजीवि वर्ग र यसको प्रतिनिधी जनताको पृय राजनैतिक दल एकिकृत नेपाल कम्युन्ष्ट पार्टी (माओबादी) लाई सरकारको पासोमा फ़साएर जनता र उनिहरूको आन्दोलनका उपलब्धीहरुको तेजोबध गर्ने सम्पुर्ण प्रतिकृयाबादीहरुको एकत्रित षड्यन्त्रको उपजको रुपमा सरकार साझेदारी देखा परेको छ।
राज्य बिप्लव भन्दा पहिले मुसर्रफ़ले पाकिस्तानी सरकारको जानकारी बिनानै भारतको कार्गिलमा आक्रमण गरेका थिए। धेरैपल्ट सत्ताको स्वाद चाखिसकेको थाईलैण्डको सेनाले सरकारको जानकारी बिना अहिले पनि बङ्गाली र बर्मेली सरणार्थीहरुलाई अमानवीय ढंगले मर्नकोलागी समुद्रमा धकेलिरहेको छ। बर्माको सैनिक सासनले जननिर्बाचित राजनायीका आङ् सान सू कीलाई सत्ता हस्तान्तरण गर्नुको सट्टा उल्टै कैद गरेको दशकौं भई सक्यो। चिलेको पिनोचे ले अमेरिकी साम्राज्यबादको इशारामा राज्य बिप्लव रचेको थियो। भेनेजुवेलामा सेनाले असफ़ल सैनिक बिद्रोह गर्नु भन्दा पहिले चावेज़ सारकारका बिरुद्ध यसैगरी जनताका सत्रुहरुले चौतर्फ़ी आक्रमण गरेका थिए। नेपाली सेनाले नया भरना सम्बन्धी सरकारको आदेश उल्लन्घन गर्नुलाई उपरोक्त संसारका कुख्यात र राजनैतिक सेनाहरुको बिद्रोह पहिलेको ब्यबहार संग तुलना गर्न सकिन्छ। कुटनैतिक नियोगहरुसंग सेनाका हाकिमहरुको उठ बस बढेको सन्दर्भमा के ध्यान दिन योग्य छ भने बहुसंख्यक आधुनिक शैन्य बिप्लवहरु र शैनिक तानाशाहका उत्थानहरु शक्ती राष्ट्रहरु, खास गरी अमेरिकी साम्राज्यबादको सहमती र/वा संलग्नतामा हुने गरेका छन। तसर्थ नेपाली (शाही) सेनाको यो राज्यद्रोही ब्यबहार राज्य बिप्लवको पूर्वभ्यास हुन सक्ने सम्भावना प्रबल छ।
नेपाली जनताका संघर्ष र बलिदानीका उपलब्धिहरुमाथि प्रतिकृयाबादीहरुको चौतर्फ़ी, योजनाबद्द र कतिपय अवस्थामा मर्मान्त आक्रमणहरु बिपक्षीहरुको धर्म अनुसारको खेलामात्र नभई पार्टीबाट १२ बूंदे दिल्ली सम्झौता पछि लिईएको तुष्टिकरण र निरपेक्ष सम्झौताको अबस्तुबादी नीतिको परिणाम पनि हो। यो नीतिले कार्यकर्ता र शुभेछुकहरुलाई निरास बनाएको छ भने बिरो्धीहरुलाई खेल्ने ठाऊँ दिएको छ। तसर्थ, एकिकृत नेपाल कम्युन्ष्ट पार्टी (माओबादी) ले सम्बिधान सभाको चुनावपछिको स्थितिमा त्यो भन्दा पहिले तत्कालिन कार्यनीतिको एउटा पक्षको रूपमा आएको सम्झौताको र सहमतिको बाटोलाई स्थगित गरी प्रतिकृयाबादी हमलालाई सामना गर्ने र जानताको लामो र कठोर बलिदानीबाट प्राप्त उपलाब्धीहरुलाई रक्षा गर्दै श्रमजीवि बर्गको अन्तिम विजयकोलागी सशक्त र चौतर्फ़ी युद्धको तयारी गर्नुनै श्रेयश्कर छ।
रक्षा मंत्री बादलले अप्रत्यक्ष ढंगले एकिकृत नेपाल कम्युन्ष्ट पार्टी (माओबादी) को गुप्तचर संयन्त्र अझै कायम र सक्रिय रहेको जानकारी दिएर नेपाली जनताका शुभचिन्तकहरुलाई थोरै भएपनि त्राणको अनुभव गराउनु भएको छ। पाँच महिनासम्म प्रतिकृयबादी सरकारको टाउकोको टोपि भएर माओबादी नेत्रित्वले अनुभव गरेको हुनुपर्दछ कि पुरानो राज्य यन्त्रबाट नया राज्य ब्यवस्थाको निर्माणमा सहयोगको त कुरै छोडौं, सामान्य सुधार पनि संभव छैन। यदी यो ज्ञान भैसक्यो भने नया संयन्त्रले पुरानोको प्रतिस्थापन गर्नको लागी जनयुद्ध कालमा स्थापना भएका नया राज्यका सम्पूर्ण संरचनाहरु पुनर्स्थापन गर्नु, तिनिहरुलाई ब्यबसायीक बनाउनु र असहयोगी पुरानो निकायलाई बिघटन गरी सो स्थनमा नया संरचना निर्माण गर्नु अत्यन्त आवश्यक छ भन्ने ज्ञान हुनु पर्ने हो।
सडक, सदन र सरकारका मोर्चाहरुबाट साम्राज्यबाद, सामन्तबाद र दलाल नोकरशाही पूँजीबाद बिरुद्ध लढ्ने नीति लिएको पार्टीको नेत्रित्वले, यदी सो नीति कार्यन्न्वयन गर्नका लागी लिईएको हो भने, उक्त नीतिको कार्यन्वयन जनसेनालाई सतर्क र सशक्त बनाउने, आबश्यक भए जनसेनालाई संभाब्य युद्ध मोर्चामा तैनाथ गर्ने, YCL लगायत बिभिन्न तह र तप्काका कार्यकर्ता र जनताहरुलाई सशस्त्र र सतर्क बनाउने, र शैनिक बिप्लवको अभ्यासमा संलग्न, शैनिक, गैर शैनिक र कुटनितिक ब्यक्ती र संस्थाहरुमाथी अबिलम्ब कारबाहीबाट शुरु गर्नु अत्यन्त आवश्यक भै सकेको छ। जनताको संघर्षलाई चर्काउनु, प्रतिकृयाबादी दमन निम्त्याउनु र संघर्षको लक्ष प्राप्तीको सुनिस्चितता बिनै जनतालाई अलपत्र छोड्नु जनतालाई दमन गर्नु भन्दा ठुलो अपराध हो।
First published on nepalipost dot com
No comments:
Post a Comment